गोरखाबजार, २२ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले देशी/विदेशी दातृ निकायसँग हारगुहार गरेर भए पनि भूकम्पपीडितलाई राहत सामग्री वितरण गर्ने बताउनुभएको छ ।
“हारगुहार गरेर भए पनि राहत सप्लाई गर्छौं”, भूकम्पबाट भएको जनधनको क्षति अवलोकन गर्न आज गोरखा आइपुग्नुभएका प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सबै पार्टी एक भएर भूकम्पपीडितको समस्या समाधानमा जुट्छौँ ।”
भूकम्पपीडितलाई देशी/विदेशी दातृ निकायले सहयोग गर्ने तत्परता देखाएको भन्दै उहाँले सकेसम्म छिटो राहत सामग्री जुटाएर वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विनाशकारी भूकम्पले देशलाई गम्भीर सङ्कटमा पु¥याएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले दुर्गम भेगमा रहेका भूकम्पपीडितलाई पनि राहत सामग्री पु¥याउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।
भत्किएका सडक तथा बाटोघाटो बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्रीले उत्तरी गोरखाको १८ गाविसमा हेलिकोप्टरमार्फत राहत सामग्री पु¥याउन आग्रह गर्नुभयो । उहाँले भूकम्पप्रतिरोधात्मक घर निर्माणका लागि सरकारले नीति ल्याउने जानकारी दिनु भयो ।
विनाशकारी भूकम्पले गोरखामा अहिलेसम्म भएको जनधनको क्षतिबारे प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमेल्सेनाले जानकारी गराउनुभएको थियो । तिमेल्सेनाले तत्कालका लागि रु दुई अर्ब ६० करोड बजेट प्राप्त भए भत्किएका भौतिक संरचनाको पुनःनिर्माण गर्न सकिने बताउनुभयो ।
![k|wfgdGqL uf]/vfdf dxfe"sDkn] k'¥ofPsf] hgwgsf] Ifltaf/] a'emg uf]/vf cfpg'ePsf k|wfgdGqL ;'zLn sf]O/fnf . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/05/sushil-koirala-gorkha.jpg)
विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाक र सो क्षेत्रमा भएको जनधनको क्षतिबारे अवलोकन गर्न प्रधानमन्त्री कोइराला, प्रधानसेनापति गौरवशम्शेर जबरालगायतको टोली गोरखाको बारपाक क्षेत्रतर्फ जानुभएको छ । हेलिकोप्टरमार्फत प्रधानमन्त्री कोइराला नेतृत्वको टोली बारपाक, लाप्राक, सौरपानीलगायत गाविसको अवलोकनका लागि जानुभएको हो ।
उहाँहरुले हेलिकोप्टरमार्फत नै ध्वस्त भएका बस्तीको अवलोकन गर्ने बताइएको छ । भूकम्पपीडितले राहत पाए÷नपाएको बारे पनि प्रधानमन्त्रीले अवलोकन गर्नुहुने बताइएको छ ।
साथै गोरखाका जननिर्वाचित सभासद्हरु, नेताहरुले जिल्लाको उत्तरी भेगमा राहत सामग्री पठाउन हेलिकोप्टरको व्यवस्था गर्न प्रधानमन्त्री कोइरालालाई पत्र दिएका छन् । हेलिकोप्टर अपर्याप्त भएको भन्दै दलहरुले नेपाली सेनाको ठूलो हेलिकोप्टर गोरखा पठाइदिन पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।












प्रतिक्रिया