
काठमाडौं । ‘राई इज किङ्ग’ राजेश पायल राई र युके निवासी गायिका कल्पना राईको आवाजमा रहेको नयाँ गीत ‘मियो हौ तिमी मेरो मायाको’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
नेपाली गीतसंगीत जगतमा चर्चा चुलिदै गएको ‘मियो हौ तिमी मेरो मायाको’ बोलको गीतमा टीका चाम्लिङ्गको शब्द रचना तथा शान्तिराम राई को संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ ।

प्रेमको सुनौला पलहरुलाई गीतमा आकर्षक रुपमा चित्रण गरिएको छ । महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई बुद्ध थापा र कुशल श्रेष्ठले छायाँकन, विकाश दाहालले सम्पादन गरेका छन् ।
बेलायत र नेपालमा छयांकन गरिएको यो भिडियोलाई, पछिल्लो समयमा रूचाईएका अहिलेका ब्यस्त यूवा निर्देशक जसबहादुर याक्खाले निर्देशन गरेका छन् । यो भिडियोमा योगेन्द्र राई, मीरूना मगर, प्रकाश राई, कल्पना राई कुन्जु र अन्य धेरै कलाकारहरूले अभिनय गरेका छन् ।

















प्रतिक्रिया