५ कार्तिक २०८३, बिहिबार

अविरल वर्षापछि आएको बाढीले भक्तपुरमा चार वटा बंगुर बगायो, विभिन्न धनमालको क्षति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २५ साउन । गएराति भएको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुरमा चार वटा बंगुर बगाउनाका साथै विभिन्न धनमालको क्षति भएको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाकास्थित मनहरा खोलामा आएको बाढीले बंगुर बगाउनाका साथै विभिन्न धनमालमा क्षति पुर्याएको हो ।

बाढीबाट चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेसीस्थित मनहरा खोला किनाराका २० वटा घर टहरामा पानी पसेको र उक्त स्थानबाट ४ जनालाई उद्दार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।

साथै चाँगुनारायण नगरपालिका–४ मनहरा खोला निलोपुल नजिक बंगुर फर्मको ४ वटा बंगुर बगाएको पनि प्रहरीले बताएको छ । त्यस्तै मध्यपुर ठिमी नगरपालिका–२ मनहरा खोला किनार दिब्यश्वरी प्लानिङ बस्ने अम्मर लामाको बंगुर फर्ममा पानी पसेको, सोही नगरपालिका–१ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीका ६० वटा घर टहरामा पानी पसेर जनजीवन प्रभावित बनाएको छ ।

सोही नगरपालिका–२ सानोठिमी मनहरा खोला किनारामा बसोबास गर्दै आएका ७० वर्षीय पेमा तामाङको टहराभित्र पानी पसी विभिन्न धनमाल समेत क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त स्थानहरुमा तत्काल खटिएको प्रहरीले स्थानीयको सहयोगमा आवश्यक उद्धार कार्य गरेको थियो ।