५ कार्तिक २०८३, बिहिबार

विवाह गर्ने आश्वासन दिएर झापामा १४ वर्षीया बालिकामाथि बलात्कार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २५ साउन । विवाह गर्ने आश्वासन दिएर ताप्लेजुङका एक युवाले झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिकले ति बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनापछि अभियुक्त बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ समेत गरिसकेको छ ।

प्रहरीका अनुसार झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित ताप्लेजुङ–पाँचथर होटेल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए । त्यसपछि विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको समेत खुल्न आएको प्रहरीले बताएको छ ।

घटनापछि अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।