४ कार्तिक २०८३, बुधबार

संसदमा महान्यायाधिवक्ता खातीको राजीनामा माग, यस्ता छन् आरोप

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खम्मबहादुर खाती

काठमाडौं, २५ साउन । प्रतिनिधि सभाको आज बसेको बैठकमा महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरिएको छ ।

नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खातीको राजीनामा माग गरेका हुन् ।

बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले सरकारको सल्लाहकार समेत रहेका महान्यायाधिवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल राजीनामा दिन वा प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

सांसद बस्नेतले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, कुमारी बैंकको घोटाला काण्डमा मुछिएका व्यक्तिलाई छुटाउन मुद्दा कमजोर पार्ने प्रयास, भक्तपुरको चाँगुनारायण इन्जिनीयरिङ कलेजमा भएका भ्रष्टाचारका आरोपीको मुद्दा कमजोर पार्न लागेको, बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्तिलाई महान्याधिवक्ता खातीले मुद्दा कमजोर पार्ने काममा लागेको आरोप लगाएका छन् ।