
काठमाडौं, २५ साउन । काठमाडौं उपत्यकामा गएराति परेको भारी वर्षा र बाढीले गर्दा भक्तपुरको प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा परेको छ । बाढीका कारण कार्यालयका सरसामानहरुसमेत बगाएको छ ।
कार्यालयको तल्लो तला पुरै डुबानमा परेपछि मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीनवटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीद्वारा विज्ञप्तिमा कम्प्युटर, इन्टरनेट, सन्चार उपकरणको बेस सेटले काम नगरेको र बत्ती नहुँदा कार्यालयको फोनसमेत बन्द भइसकेको उल्लेख छ ।
त्रिभुवन विमानस्थलको रेकर्ड अनुसार आज बिहान ६ बजेसम्म ७५.१ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले गएराति नै पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो ।















प्रतिक्रिया