४ कार्तिक २०८३, बुधबार

एन प्याब्सन काठमाडौंले उपत्यकाव्यापी विद्यायलस्तरीय लोक नृत्य प्रतियोगिता गर्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एन प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिले आगामी भदौ ७ गते चौथो संस्करणको ‘उपत्यकाव्यापी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता–२०७९’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठन भवन, कमलादीमा हुने छ । सो प्रतियोगिताको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गर्ने जानकारी एन प्याब्सनले दिएको छ ।

प्रतियोगितामा भाग लिने प्रत्येक विद्यालयलाई प्रवेश शुल्क ५ हजार रुपैयाँ र विज्ञापन ब्यानर शुल्क १ हजार रुपैयाँ लाग्ने छ । प्रतियोगितामा कक्षा ५ देखि १० कक्षासम्मका ८ देखि २४ जना विद्यार्थीहरुको समूहले सहभागिता जनाउन सक्ने छन् ।

प्रतियोगीहरुले बढीमा ५ मिनेटभित्र आफ्नो नृत्य प्रस्तुत गरिसक्नुपर्ने प्रावधान राखिएको छ । प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत, संगीत नेपाली लोककला, रीतिरिवाजका साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने खालको हुनुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रू. २० हजार, द्वितीय हुनेलाई रू. १५ हजार र तृतीय हुनेलाई रू. १० हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने बताइएको छ । साथै, चौथोदेखि दशौं स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यसैगरी, सर्वोत्कृष्ट भेषभुषा, नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिने बताइएको छ । ‘नृत्यको स्तर, सृजना, मौलिकता, चाल, ताल, प्रस्तुति, भेषभुषा, श्रृंगारमा एकरुपता, अनुशासन साथै नृत्य समयभित्र प्रस्तुत गरिएका सम्पूर्ण हाउभाउका आधारमा निर्णायकहरुले निर्णय गर्नुहुन्छ,’ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, काठमाडौं जिल्ला अध्यक्ष खड्ग बहादुर बस्नेतले भने ।

संस्थाका सचिव अमृतकुमार खड्काले प्रतियोगितामा सक्रिय सहभागिताको लागि काठमाडौं उपत्यकामा रहेका विद्यालयहरुलाई आग्रह गरेका छन् । खड्काले आगामी भदौ ६ गते सोमबार गोला प्रथाद्धारा प्रदान गरिने कोड नम्बरको आधारमा विद्यालयलाई प्रतियोगितामा नृत्य प्रस्तुत गर्न बोलाइने पनि जानकारी दिए ।

निर्णायक मण्डलमा तीन जना लोक, संस्कृति, कला, साथै नृत्य विशेषज्ञहरु हुने र निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुने उनको भनाई छ । प्रतियोगितामा ट्रिटन इन्टरनेशनल कलेजले ट्रफी, मेडल र प्रमाणपत्रको सौजन्य गरेको छ भने नमस्ते खोप्पो टेलिभिजन भक्तपुर र लाइफ ओके टेलिभिजन पेप्सीकोलाले प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ ।