
काठमाडौं, २४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर २ हजार ९५८ जनाको आरटी–पीसीआर गर्दा ५६० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जना गरी आज १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९१ हजार १८५ जना पुगेको छ ।















प्रतिक्रिया