५ कार्तिक २०८३, बिहिबार

दलित महिला जनप्रतिनिधिलाई तालिम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २४ साउन । स्थानीय तहका दलित महिला जनप्रतिनिधिका लागि दुई दिने तालिम कार्यक्रम तुलसीपुरमा शुरू भएको छ ।

दलित महिला जनप्रतिनिधिलाई स्थानीय सरकारको काममा सक्षम बनाउनका लागि तालिमको आयोजना गरिएको हो ।

दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्ष्यता तथा नगर उपप्रमुख चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण संघका जिल्ला सचिव गंगा विश्वकर्माले गरेका छन् ।

तालिमको प्रशिक्षकमा दलित अधिकारकर्मी निर्मल नेपाली र बबई गाउँ पालिकाका निवर्तमान उपाध्यक्ष सावित्रा विश्वकर्मा छन् । तालिममा उपमहानगर भित्रका १९ वटा वडाबाट २५ जनाको सहभागिता रहेको छ ।