
काठमाडौं, २४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर २ हजार ९५८ जनाको आरटी–पीसीआर गर्दा ५६० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जना गरी आज १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९१ हजार १८५ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७३ हजार ४०५ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल २ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ५ हजार ३५१ जनाको नमूना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको थियो । उक्त दिन ४७० जना संक्रमित संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ४१ हजार ४५१ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ८०६ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया