
काठमाडौं, २४ साउन । नेपाली कथानक चलचित्र ‘महापुरुष’का लागि आर्थिक तथा प्रवर्द्धनात्मक कार्यमा शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ ।
उक्त सहकार्यका लागि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीच आज एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट केपी रिजाल, कन्ट्री हेड निखिल अग्रवाल र डीजीएम मार्केटिङका केशव अर्यालको सहभागिता थियो । त्यस्तै षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता रवीद्र सिंह बानियाँ, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायत अन्य कलाकारहरूको उपस्थिति थियो ।
उक्त चलचित्र आगामी कात्तिक ११ मा रिलिज गर्ने तयारी छ । चलचित्रमा मुख्य कलाकारको रूपमा मह जोडीका मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा कलाकारहरू राजाराम पौडेल, गौरी मल्ललगायत छन् । चलचित्रको लेखन तथा निर्देशन प्रदीप भट्टराइले गरेका हुन् ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रूपमा सवल बनाई गुणस्तर वृद्धि गर्न विभिन्न ब्राण्डहरूसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । अतः सोही क्रमको निरन्तरता स्वरूप एक आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र ‘शत्रु गते’, ‘दालभात तरकारी’ लगायतमा समेत सहकार्य गरेको थियो ।
यस्तो सहकार्यबाट दुबै पक्षलाई एक–आपसको प्रवर्द्धनमा थप टेवा पुग्नाका साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको बताइएको छ । सोही क्रमको निरन्तरतास्वरूप आज शिवम् सिमेन्ट र षटकोण आर्टसबीच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो ।















प्रतिक्रिया