
संखुवासभा, २४ साउन । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पा छन् । उनलाई हिजो सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । सोही आरोपमा अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शेर्पामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया