५ कार्तिक २०८३, बिहिबार

विभिन्न दर्जामा पदोन्नति भएकाहरूलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी निरज पौडेललाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को साउन १९ गते बसेको बैठकले गरेको निर्णय अनुसार पदोन्नति भएका थापा र पौडेललाई आज सोमबार प्रधान सेनापति शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नती भएका उपरथी थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् ।

सोही अवसरमा प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका तीन जना महासेनानी र महासेनानी दर्जामा पदोन्नती भएका पाँच जना प्रमुख सेनानीलाई पदोन्नती दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।