
इटहरी । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ ।
आमा–बुबा गुमाएर टुहुरो बनेका छोरा–छारीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
राजन क्षेत्रीको शब्द तथा सङ्गीतमा निर्माण गरिएको गीतमा रमा अधिकारीको स्वर छ । गीतमा आमा–बुबा गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ ।
उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र बसन्त बस्नेतले गरेका हुन् ।















प्रतिक्रिया