गोरखा, २२ वैशाख । जिन्दगीमै भूकम्प गएकाहरुको घर सग्लो हुनु नहुनुले ठूलो अर्थ अर्थ राख्दैन । महाविपत्तिमा यो खोजीको विषय पनि नहुन सक्छ ।
भूकम्प प्रभावित क्षेत्रका गाउँ घुम्ने क्रममा संयोगले गोरखाको फुजेलस्थित नन्दप्रसाद अधिकारीको घरनजिकै पुगिएछ ।
अवस्थाबारे जिज्ञासा हुँदा अघि लागेर बाटो देखाईदिन गाउँले तयार भएनन् । यस्तो व्यवहारले झन जिज्ञासा थप्यो ।
त्यसपछि भूकम्पको क्षतिबारे बुझन तथा व्यक्ति र संस्थाको बलमा संकिलत थोरै राहत वितरणका लागि पुगेको टोली छाडेर पुगियो उक्त घर । कान्तिपुर दैनिकमा समाचार छ ।
आमरण अनसनमा बसेका नन्दप्रसाद दम्पत्तीमध्ये ति ३ सय ३० दिनपछि गत असोज २६ मा दिवंगत भए ।
३ सय ५९ औं दिनमा पत्नी गंगामायाले अनसन तोडिन । त्यसपछि त्यो घर कोही गएका छैनन् ।















प्रतिक्रिया