२ कार्तिक २०८३, सोमबार

विदेशी उद्धार टोलीलाई स्वदेश फिर्ता गराइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Operice-helicopter-americaकाठमाडौं, २२ वैशाख । भूकम्पपीडितको खोजी र उद्धारका लागि आएका विदेशी टोलीलाई सरकारले फर्काउने भएको छ ।

सरकारका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालस्थित कूटनीतिक नियोगलाई मन्त्रालयमा बोलाएर फर्कन आग्रह गरेका हुन् ।

मन्त्री पाण्डेले विदेशी कूटनीतिक नियोगका अधिकारीले उद्धार टोलीबाट भएका कमा र सहयोग विवरण तथा भूकम्पबाट भएको जनधनको क्षतिबारे जानकारी समेत गराएको कान्तिपुर दैनिकले छापेको छ ।