२ कार्तिक २०८३, सोमबार

भूकम्पका बेला २ सय १८ कैदी फरार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailकाठमाडौं, २२ वैशाख । भूकम्प गएपछि २ सय १८ कैदी फरार भएका छन् ।

केहीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । केही भने सम्पर्कमा नआएको प्रहरीको दाबी छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक कारागारका सबै कैदी भागेको नयाँ पत्रिका दैनिकले छापेको छ । भागेकामध्ये २ जनालाई पक्राउ गरिएको छ ।

अन्य १ सय ५० कैदी कारागार कार्यालयका प्रमुखसँगै सम्पर्कमै रहेको प्रहरी सहप्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए ।

काठमाडौं केन्द्रीय कारागारबाट ३ जना भागेका छन् । डिल्लीबजारबाट १ जना भागेका छन् ।

केन्द्रीय कारागारमा भागदौड मच्चिदा १६ जनाको मृत्यु भएको थियो ।