२ कार्तिक २०८३, सोमबार

चलचित्र ‘तलास’को दोस्रो गीत ‘अप्सरा केही होइन’ सार्वजनिक

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्र ‘तलास’को दोस्रो गीत ‘अप्सरा केही होइन’ सार्वजनिक गरिएको छ ।

गीतमा मेलिना राई र उदय नेम्वाङको स्वर तथा उदय नेम्बाङको शब्द र संगीत छ । गीतको भिडियोमा अभिनेता दावा मिङमार शेर्पा र नायिका विमला खजुम लिम्बु फिचर्ड छन् । चलचित्रले पैसा र शक्तिको भरमा समाजमा देखिएको एकाधिकार हैकम आदिको अनिवार्य अन्त्य गर्ने कथा प्रस्तुत गरेको छ ।

चलचित्रमा दावा र विमलासँगै राजकुमार लिङ्देन, सोम लामा, एलिना बासकोटा, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, सागर केरुङ, हस्त लिवाङ, कल्याण राई, मुकेश कालिकोटे, अजय खडका, विमल ढुङ्गेल, विक्रम धिमाल, मेखबहादुर मगरलगायतको अभिनय छ ।

त्यस्तै दिनेश माङ्मुको नृत्य, रोशन वान्तवा राईको संगीत, पुण्य ओझाको द्वन्द्व, विक्रम डीसीको छायाङ्कन र दिनेश लिङ्देनको कथा चलचित्रमा समावेश छ ।

कविता राई लिङ्देनको प्रस्तुति रहेको चलचित्रमा गजमति सम्वाहम्फे र दिपक नेपाली निर्माता छन् । माघको तेस्रो साताबाट प्रदर्शनमा आउने तयारी रहेको चलचित्रमा दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन छ ।