५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितका लागि विदेशीले पठाएका त्रिपाल बच्दै गर्दा नेविसंघका कार्यकर्ता प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisanghaकाठमाडौं, २१ वैशाख । भूकम्प पीडितको राहतका लागि नेपाल सरकारलाई विदेशीले दिएका त्रिपाल नेपाल विद्यार्थी संघका कार्यकर्ताले बेच्दै गरेको खुलासा भएको छ ।

सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई राहत दिन सरकारबाट लगिएका त्रिपाल नेबि संघका विद्यार्थीहरुले बेच्दाबेच्दै जनताले खोसेर प्रहरीलाई दिएपछि यो रहस्यको खुलासा भएको हो ।

पीडितलाई दिन विदेशीले दिएको त्रिपाल सरकारबाट मागेर नेबिसंघका विद्यार्थीहरुले काठमाडौंको रविभवनमा विहीवार दुई लाखको बेचेको थियो भने शुक्रवार पचास हजारको बिक्री गरिसकेको थियो ।

त्यही बेला जनताले खोसेर प्रहरीलाई बुझाएका थिए । यसबारेमा नेपाल विद्यार्थी संघले आफ्ना सदस्यहरुले त्रिपाल नबेचेको दाबी गरेको छ । नेवि संघका प्रवक्ता युपि लामिछानेले त्रिपाल बेचेको समाचारको खण्डन गरेका छन् ।

उनले आफूले पनि त्रिपाल बेचेको भन्ने सुनेको तर संगठनका कोही साथी त्यसमा सहभागी नभएको बताए । संगठनका कुनै पनि सदस्यले यस्तो कार्य गरेमा कानुनी दायरामा ल्याउने लामिछानेको भनाई छ ।