५ कार्तिक २०८३, बिहिबार

स्वास्थ्य बीमाको रकम १० लाख रुपैयाँ पुर्‍याउन एमालेको माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम बढाएर १० लाख रुपैयाँ पुर्याउन माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले एक लाख रुपैयाँले उपचार सम्भव नरहेको भन्दै उनले स्वास्थ्य बीमा कार्यक्रमबाट प्राप्त हुने रकम अब १० लाख रुपैयाँ पुर्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

त्यस्तै उनले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेकोप्रति आपत्ति जनाएका छन् । स्वास्थ्य बीमा कार्यक्रम व्यावसायिक बीमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् ।

पछिल्लो समय बीमाबापतको रकम भुक्तानी नभएको बहानामा अस्पतालहरुले कार्यक्रम नै बन्द गरेका भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराए ।