१४ कार्तिक २०८३, शनिबार

भूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार ३६६ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-hospital-2काठमाडौँ, २१ वैशाख । विनाशकारी ‘गोरखा भूकम्प’(७.८रिक्टर म्याग्निच्युड स्केल)मा परी हालसम्म मुलुकभर सात हजार ३६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या १४ हजार ३८८ पुगेको छ । भूकम्पका कारण सर्वसाधारणको एक लाख ९१ हजार ५८ घर पूर्ण तथा ७५ हजार १६२ घर आंशिक रुपमा एक लाख क्षतिमा परेका छन् ।

सिन्धुपाल्चोकमा दुई हजार ८३८, काठमाडौँमा एक हजार २०२, नुवाकोटमा ७९८, गोरखामा धादिङमा ६८० र रसुवामा ४३३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । रासस