५ कार्तिक २०८३, बिहिबार

नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः मल्ल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः चयन भएका छन् ।

सोसाइटीको हालै सम्पन्न साधारण सभाबाट अध्यक्ष पदमा उनी सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी सोसाइटीको उपाध्यक्षमा बरिष्ठ अभिनेता पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ र नारायण प्रधान चउन भएका छन् ।

त्यस्तै महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल र कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ चयन भएको बताइएको छ ।

सोसाइटीको कार्य समिति सदस्यहरूमा चेतबहादुर सिंह ‘राजा’, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदुकुमार श्रेष्ठ र सुभाष खड्का सर्बसम्मत चयन भएका छन् ।

साधारण सभामा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षक नियुक्तिबारे प्रस्ताव पेश गरिएको थियो ।

बिगत लामो समय चलचित्र क्षेत्रको हक अधिकार र उत्थानको लागि समर्पित नेपाल फिल्म सोसाइटी सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएको संस्था हो । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।