
काठमाडौं, २१ साउन । बंगलादेशलाई पराजित गर्दै भारतले साफ यू–२० च्याम्पियनशीपको उपाधि जितेको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा शुक्रबार साँझ भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशविरुद्ध ५ गोल गर्दै भारतले उपाधि हात पारेको हो । दुवै टोलीले निर्धारित समयमा २–२ गोलको स्कोर बनाएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
अतिरिक्त समयको सुरुवाती मिनेटमा लगातार दुई गोलसँगै कुल तीन गरेपछि भारत जित हासिल गर्न सफल भएको थियो ।
यसअघि यू–१८ र यू–१९ उमेर समूहमा भएको यो प्रतियोगिता भारतले दोस्रो पटक जितेको हो । यसअघि नेपालमा भएको तेस्रो संस्करण पनि भारतले जितेको थियो । त्यसअघि सन् २०१५ र २०१७ को उपाधि भने नेपालले जितेको थियो । यसपटक नेपाल लिग चरणमा तेस्रो हुँदै फाइनलमा पुग्न सकेन ।
लिग चरणमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रहयो । भारतले ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो ।















प्रतिक्रिया