५ कार्तिक २०८३, बिहिबार

थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर २ हजार ९४१ जनाको आरटी–पीसीआर गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३९३ जना गरी आज ९१२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ८९ हजार ३५० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७० जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७१ हजार ६२० जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल २ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ५ हजार ९२६ जनाको नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको थियो । उक्त दिन ३२४ जना संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७६० जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ३१ हजार ६४९ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ ।