५ कार्तिक २०८३, बिहिबार

परराष्ट्र मन्त्रालय भन्छ : ‘एसपीपीको पत्र सार्वजनिक गर्न मिल्दैन’

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) को पत्र सार्वजनिक गर्न नमिल्ने बताएको छ। शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपीको पत्र सार्वजनिक गर्न नमिल्ने बताएकी हुन्।

एसपीपीमा सहभागितालाई लिएर सदन र सडकमा आवाज उठेपछि मन्त्रिपरिषद्ले सहभागि नहुने निर्णय गरेको थियो। त्यस सम्बन्धी जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई अधिकार दिइएको थियो ।

तर, अहिलेसम्म अमेरिकालाई आधिकारिक रुपमा जानकारी भने दिइएको छैन। सरकारले सहभागी नहुने भनेर निर्णय गरेपनि अमेरिकालाई जानकारी नगराउनुको पछाडी केही रहस्य भएको भन्दै प्रतिपक्ष र सत्तापक्ष दलका नेताहरुले प्रश्न गर्नुका साथै पत्र सार्वजनिक माग पनि गरिरहेका छन्।

तर, सरकारले गरेको निर्णयको जानकारी गराउन अमेरिकालाई पत्र पठाउनेबारे परराष्ट्र मन्त्रालयल अझै छलफल चलिरहेको प्रवक्ता लम्साल बताउँछिन् । पत्र पठाउने बारे छलफ चलिरहेकाले ढिलाई भएको उनको दाबी छ ।