४ कार्तिक २०८३, बुधबार

तामाकोसीबाट तीन जनाको शव ल्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamakoshi-upperचरीकोट (दोलखा), २१ वैशाख । दश दिनदेखि लामाबगरस्थित तामाकोसी नदी निकारमा रहेका तीन वटा शव आज सदरमुकाम चरिकोट ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरले ती शव ल्याएको हो । अझै दुई वटा शव तामाकोसी किनारमै ढुङ्गाले थिच्चिएको अवस्थामा रहेका छन् । यहाँ ल्याइएको शव मोरङ, विराटनगरका युवराज वस्नेत, दोलखा, भीमेश्वर नगरपालिका–२ का शान्त जोशी र काभ्रेपलाञ्चोकका विनोद पौडेलको भएको चरिकोटस्थित बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिनुभएको छ । लामाबगर गाविसका पूर्व अध्यक्ष आङ शेर्पा र राम तामाङको शव नदी किनारमै रहेका छन् ।

गोरखा हंशपुर गाविस–२ का नवनाथ अधिकारीको शव हिजो नै सेनाको हेलिकप्टरबाट यहाँ ल्याइएको थियो । उनीहरु लामाबगर गाविसस्थित लप्सीखोला जल विद्युत् आयोजनाको अध्ययन भ्रमणमा गएका बेला विनाशकारी भूकम्पमा परेका हुन् ।

“बाँकी दुवै शव भोलि(मङ्गलबार) ल्याउने प्रयासमा छौँ,” सेनानी दाहालले भन्नुभयो । लगातार पहिरो गइरहेकाले अन्य शव ल्याउन नसकेको उहाँको भनाइ छ । दोलखामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ भने घाइतेको सङ्ख्या २६२ पुगेको छ । रासस