काठमाडौँ, २१ वैशाख । बालबालिका निम्ति गैरसरकारी संस्था महासङ्घ नेपाल र बालगृहहरुको महासङ्घले भूकम्पबाट अभिभावकबिहीन बनेका पाँच सय बालबालिकालाई काठमाडौं र विभिन्न सहरमा संरक्षण दिने भएको छ ।
संस्थाले मुलुकभरका बालगृहमा राखेर भूकम्पबाट अभिभावहीन बालबालिकालाई खाने, बस्ने, सुविधासहित शिक्षाको प्रबन्ध गर्नेछ । अनाथ र असहयाय बालबालिकालाई संरक्षण गर्न ती संस्थाले आन्तरिक स्रोत र साधनबाट तत्काल संरक्षण दिने बालबालिकानिम्ति गैरसरकारी संस्था महासङ्घका महासचिव मनोजकुमार कँडेलले बताउनुभयो ।
ती संस्थाले हालसम्म १६ हजारभन्दा बढी अनाथ तथा असहाय बालबालिकालाई संरक्षण दिँदै आएको छ । भूकम्पबाट कति बालबालिका अभिभावकविहीन भए भन्ने यकिन विवरण आइसकेको छैन । रासस















प्रतिक्रिया