१४ कार्तिक २०८३, शनिबार

भूकम्प पीडितको राहतमा दलहरुले झगडा गर्नुहुँदैन् : एमाले अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौँ, २१ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय विपत्को अवस्थामा धैर्यधारण गर्दै क्षतिग्रस्त संरचना र घरको पुनःनिर्माणका लागि सरकार र राजनीतिक दल मिलेर जानुपर्ने बताउनुभएको छ ।

गोँगबु गणेशस्थानस्थित गण्डकी गलैँचा उद्योगको क्षतिग्रस्त भवनको आज अवलोकन गर्दै उहाँले सङ्कटका समयमा एकले अर्कालाई गाली गरेर भन्दा मिलेर अघि बढ्दा पीडित जनतालाई राहत हुने बताउनुभयोे । नेता ओलीले भन्नुभयो, “एमालेले जिल्ला जिल्लामा खोज, उद्धार र राहतका लागि कार्यकर्ता परिचालन गरेको छ, यसको मुख्य ध्येय सरकारले दैवीप्रकोप समितिबाट सञ्चालन गरेका काममा सहयोग गर्नु नै हो ।”

उहाँले क्षतिग्रस्त उद्योगका लागि सरकारबाट हुनुपर्ने सहयोगका लागि भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो । उद्योगका प्रबन्ध निर्देशक रामबहादुर गुरुङले भूकम्पबाट आफ्नो करिब रु पचास करोड बराबरको क्षति भएको अवगत गराउनुभएको थियो । रासस