लुम्बिनी, बैशाख २१ । महाभूकम्पमा परेकाहरुको राहतको लागि लुम्बिनी विकास कोषले प्राकृतिक प्रकोष राहत कोष लुम्बिनीको स्थापना गरेको छ ।
कोषका प्रवक्ता अजितमान तामाङले दिएको जानकारी अनुसार राहत कोष लुम्बिनीमा अहिले सम्म करिब ३९ लाख नगद रकम जम्मा भईसकेको छ भने बाँकी रकम संकलन हुने क्रम जारी छ । सो राहत रकम भुकम्प प्रभावित क्षेत्रमा वितरण गरिने प्रवक्ता तामाङले जनाए ।
यसैगरी विकास कोषले परमु प्रथा अनुसार जापनिज भूकम्पवीदहरुको सहयोगमा भुकम्प प्रभावित क्षेत्रको निरीक्षण गरी सो क्षेत्रमा भुकम्प प्रतिरोधातम्क भवन बनाउने प्राविधिक टोली खटाउने भएको छ ।
जापनिज टेम्पल, निप्पोन्जान म्योहोजीका गुरु सातौ वकिको नेतृत्वमा परमु प्रथाको आधारमा भूकम्प प्रभावित क्षेत्रमा भुकम्प प्रतिरोधात्मक भवन बनाउने अभियान थाल्ने भएको हो ।
सुरुमा निप्पोन्जान म्योहोजीका गुरु सातौ वकि सहित कोषका पदाधिकारीहरु भुकम्प प्रभावित क्षेत्रमा जाने र त्यहाँबाट फर्केपछि जापनिज स्वयंसेवकलाई बोलाई सो क्षेत्रमा त्यस्ता भवन बनाइने योजना रहेको प्रवक्ता तामाङले बताए ।
परमु प्रथा अनुसार एक दिन एउटाको घर बनाउने, अर्कोदिन छिमेकीको गरी सारा गाऊको श्रमदानमा भूकम्प प्रभावित क्षेत्रका घर निर्माण गर्ने कार्यक्रम बनाईरहेको तामाङको भनाई थियो ।















प्रतिक्रिया