५ कार्तिक २०८३, बिहिबार

भूकम्पले कारागार भत्कियो, १६ कैदीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balak In Jailकाठमाडौँ, २१ वैशाख । विनाशकारी भूकम्पमा परी १६ कैदीको मृत्यु भएको छ ।

काठमाडौँस्थित केन्द्रीय कारागार भद्र बन्दीगृहको भवन भत्किएर ती कैदीको मृत्यु भएको जेलर वेदबहादुर कार्कीले जानकारी दिनुभयो । पुरिएका कैदीहरुको शव निकाल्न तीन दिन लागेको थियो ।

मृत्यु हुनेमा मोहम्मद अहमद अन्सारी, सोमबहादुर तामाङ, शाङ्वु शेर्पा, प्रेमकुमार कार्की, मिलन गुरुङ, निरज शाही, गणेश शाह, राजेश परियार, नीरबहादुर बस्नेत, जगतनारायण शर्मा, अर्जुन नेपाली, राजकुमार थापामगर, श्याम लामा, सद्धाम राहिम, मोहमल अली मिया र धर्मराज पौडेल छन् ।

भूकम्पमा परी सो बन्दीगृहलगायतका कारागारमा रहेका ७४ कैदीहरु घाइते भएका थिए । घाइतेमध्ये नौ जनाको सो कारागारमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने दुईजनाको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको छ ।

बन्दीगृह भत्किएपछि कैदीहरुको बसोवासका लागि ५० भन्दा बढी पालको व्यवस्था गरिएको छ । भवन अत्यधिक पुरानो भएका कारण भूकम्पले जर्जर बनाएको छ । जगन्नाथ देवलस्थित केन्द्रीय बन्दीगृह, भद्र बन्दीगृह र महिला बन्दीगृहसमेतमा गरी हाल दुई हजार ५०० को हाराहारीमा कैदी तथा बन्दीहरु रहँदै आएका छन् ।

ती बन्दीगृह पुराना रहेकाले भूकम्पबाट भवनमा क्षति पुगेको छ । क्षमताभन्दा दोब्बर बन्दीहरु रहेको ती गृहमा १३ आश्रित नाबालक छन् । धनुषा, भक्तपुर र बाराबाहेक देशका ७२ जिल्लामा रहेका कारागारमा झन्डै १७ हजार कैदी रहेका छन् । रासस