५ कार्तिक २०८३, बिहिबार

लुम्बिनीमा भूकम्पपीडितको लागी महापरित्राण एवं प्राणीधान पाठ पढ्दै बुद्धजयन्ती मनाइँयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lumbini budah jaynati (8)

– नरेश केसी
लुम्बिनी, २१ वैशाख । महाभूकम्पमा परी मृत्यु भएका नेपालीहरुको चीरशान्तिको कामना सहित शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्नको लागी बुद्ध जन्मस्थल लुम्बिनीमा महापरित्राण एवं प्राणीधान पाठ गरिएको छ ।

२५५९ औं बुद्ध जयन्तीको अवसर पारेर वैशाखी पूर्णिमाका दिन सोमबार विहान लुम्बिनी स्थित शान्तिद्वीपदेखी मायादेवी मन्दिर परिसर सम्म मैनबत्ति तथा अगरबत्ति र्‍याली निकालिएको थियो ।

lumbini budah jaynati (3)

लुम्बिनी विकास कोषका कायममुकायम उपाध्यक्ष तथा कोषाध्यक्ष ओम अर्यालको नेतृत्वमा आयोजित ¥यालीमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी, विकास कोषका सदस्य सचिव अजित मान तामाङ, स्थानिय विकास अधिकारी विश्वप्रकाश अर्याल, पुरातत्वविद् प्रा.डा. गीतु गिरी र बसन्त विडारी, भिक्षु मैत्री, लुम्बिनी बौद्ध विश्वविद्यायलयका क्याम्प प्रमुख इन्द्र काफ्ले, विकास कोषका सूचना प्रमुख ज्ञानिन राई लगायत भिक्षु, भिक्षुणीहरुको सहभागिता रहेको थियो ।

lumbini budah jaynati (7)

र्‍याली पश्चात मायादेवी मन्दिर परिसर पिपलको रुखमुनी आयोजित एक समारोहमा महाभूकम्पको कारण मुलुकले ठुलो प्राकृतिक विपत्तिसँग सामाना गरिरहेको अवस्थामा विगतका वर्षमा जस्तो तामझामका साथ बुद्ध जयन्ती नमनाई आध्यत्मिक तवरले मृत आत्माको चिर शान्तिको लागी एक भएर प्राथना सहित पुजा पाठ गरिएको विकास कोषका सूचना प्रमुख राईले जनाए ।

विकास कोषका कायममुकायम उपाध्यक्ष ओम अर्यालको संयोजनमा आयोजित उक्त अनौपचारिक कार्यक्रममा कोषका अध्यक्ष संस्कृति तथा पर्यटन मन्त्री दीपक अमात्यले पठाएको शान्तिको लागी शुभकामना सन्देश पाठ गरि सुनाईको थियो ।

lumbini budah jaynati (6)सो सामुहिक प्राथना सभामा थेरावादी परम्परा अनुसार त्रिरत्न बन्दना सहित परित्राण, महायानी परम्परा अन्तर्गत लामा गुरु गुरुमाहरुबाट प्राणिधान, निप्पोन्जान म्योहोजीद्धारा बन्दाना, चाइना विहाबाट बन्दाना, कोरिया विहारबाट बन्दना, भियतनाम विहारबाट बन्दना गरिएको विकास कोषका सदस्य सचिव तथा प्रवक्ता अजितमान तामाङले जनाए ।

lumbini budah jaynati (10)सदस्यसचिव तामाङका अनुसार सोमबार दिनभरी महायाना सम्प्रादायका गुरुहरुबाट निरन्तर परित्राण साथै थेरावाद सम्प्रादायका गुरु गुरुमाहरुबाट भुकम्प पीडितहरुको आत्माको चिरशान्तिको कामना सहित दिनभरी प्राथना गरिने भएको छ ।

यसैगरी साँझमा मायादेवी परिसरमा द्धिप प्रज्वलन हुने सो अवसरमा बताईएको थियो । मुलुक प्राकृतिक विपत्तिमा परेको हुँदा लुम्बिनी विकास कोषले भूकम्प पीडितहरुको सहयोगार्थ सबै औपचारिक कार्यक्रम रद्ध गरि प्रार्थनासभा आयोजना गरेको कायममुकायम उपाध्यक्ष ओम अर्यालले जनाए ।

उनले भने–‘सबैलाई ध्यानमा एकाकार गरेर शान्तिको कामना सहित अहिले पनि हराईरहेकाहरुको सकुशलको कामना गर्दै मृतात्माको चिर शान्तिको कामना सहित प्राथना गरिएको हो ।

बुद्ध जयन्तीको खर्च एक लाख मात्र

विगतका वर्षहरुमा ५० औ लाखको खर्चले धान्न नसकिने बुद्ध जयन्ती समारोह यस पटक करिब १ लाखमा उम्किने भएको छ ।
२५५९ औ बुद्ध जयन्ती समारोह मनाउनको लागि विकास कोषले ४० लाख छुट्टयाएको भएता पनि समारोहको प्रकृति परिवर्तन गर्दा बढीमा १ लाख मात्र खर्चिने विकास कोषका प्रवक्ता तथा सदस्य सचिव अजितमान तामाङले जनाए ।

lumbini budah jaynati (4)विकास कोषले महाभुकम्पमा परि मृत्यु भएका आत्माहरुको चिर शान्तिको कामना गर्दै सोमबार प्राथना समारोह आयोजना गरेको थियो । सो समारोहमा भिक्षु, भिक्षुणी, सन्चारकर्मी, राजनैतिक दल, जिल्लास्थित कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । विकास कोषका सदस्य सचिव तामाङको स्थायी घर नुवाकोटको गुम्ताङ पनि अहिले भूकम्पको चपेटामा परेको छ ।

विकाष कोषले विगतका वर्ष बैशाखी पुर्णिमा दिन बडो तामझामका साथ मुलुकका कार्यकारी प्रमुख लगायत राज्यका महत्वपुर्ण अगंका प्रमुखहरु, विभिन्न मुलुका प्रमुख तथा प्रतिनिधी र ठुलो संख्यामा सर्वसाधरणको उपस्थितीमा बुद्ध जयन्ती मनाइरहने परम्परा रहेता पनि यसपटक त्यो प्रचारात्मक समारोहको प्रकृति परिवर्तन गर्न समयले बाध्य पारेको कायममुकायम उपाध्यक्ष अर्यालले बताए ।

उपाध्यक्ष अर्यालले भने–‘शान्तिका बाहक बुद्धको जन्मको अवसरमा उनको जन्मथलीमा शान्तिकोलागी ठुलो पाठ आयोजना गरिएकोछ । विगतका वर्षमा देखावटी रुपमा जत्ति भब्य समारोह हुन्थे त्यो भन्दा कम यस पटक पनि भएको छैन । हामीले प्राकृतिक विपत्ति पुनः मुलुकले खेप्न नपरोस भनेर कामना गरेका छौ । महाभुकम्पमा परि ज्यान गुमाएकोको आत्माको चिरशान्तिको कामना गरेका छौ भने भग्नावेशमा परेकाहरुको सकुशल उद्धारको लागि प्राथना गरेका छौ ।

lumbini budah jaynati (5)   lumbini budah jaynati (1)   lumbini budah jaynati (9)  lumbini budah jaynati (11)