५ कार्तिक २०८३, बिहिबार

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा सञ्चालनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप तीन वटा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्ना १७८ औं, १७९औं तथा १८० औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडांैको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ३५ वटा शाखाहरु र वागमती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए ।

सुविधा सम्पन्न यस शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु मझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले जनाएको छ ।

यस बैंकले आर्थिक वर्ष २०७८र७९ कोचौथो त्रैमासिक सम्ममा २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । यसै अवधिमा १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु प्नि नियमक निकायले तोकेको सीमाभित्रै कायम गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।