
काठमाडौं, १२ साउन । चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ ।
कोरोनाभाइरस संक्रमण रोक्न चीनको घोषणा गरिएको हो । त्यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।
२०१९ डिसेम्बरमा वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो ।
हाल वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको बीबीसीले उल्लेख गरेको छ ।
जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसंख्या रहेको बताइन्छ ।
चीनले कोरोनाबाट जोगिन जिरो कोभिड रणनीति पालना गरिरहेको छ ।















प्रतिक्रिया