१४ कार्तिक २०८३, शनिबार

भूकम्पबाट ७ हजार २७६ को मृत्यु, १४ हजार घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ookhaldhunga-bhukamapa (2)काठमाडौँ, २१ वैशाख । विनाशकारी भूकम्पबाट सात हजार २७६ को मृत्यु भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ३६२ पुगेको छ ।

यस अवधिमा १० हजार ६८० सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् भने १४ हजार ६७७ घर तथा भवन आंशिक क्षति भएका छन् । सर्वसाधारणका एक लाख ९० हजार ६६४ घर पूर्णरुपमा क्षति भएका छन् भने एक लाख ७३ हजार ५४७ घर आंशिक क्षति भएको जनाइएको छ ।

जनगणना २०६८ सालका अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये ७.११ प्रतिशत घर क्षति भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ८२९ को मृत्यु भएका छन् भने काठमाडाँैमा एक हजार २०२ जनाले ज्यान गुमाएका छन् । रासस