काठमाडौं, २१ वैशाख । उच्च माध्यामिक शिक्षा परिषद् प्लस टु लेभलका सबै प्रकारका परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ ।
विद्यार्थी र तिनका अभिभावक मानसिक रुपमा पूर्ण रुपमा तयार नभएसम्म उच्चमाध्यमिक शिक्षा परिषदका कुनै पनि परीक्षा सञ्चालन नगरिने उच्चमाध्यमिक शिक्षा परिषदका सदस्यसचिव नारायण कोइरालाले बताए ।
सदस्यसचिव कोइरालाले भूकम्पबाट विद्यार्थी र तिनका अभिभावकको क्षतिलाई मध्यनजर गर्दै वैशाख २० बाट सञ्चालन हुने कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि रोकिएको बताए ।
उनले हालको अवस्थामा परीक्षा संचालन गरिने केन्द्रसमेत नरहेको अवस्थामा परीक्षा कुनै पनि हालतमा संचालन नहुने बताए। ‘विद्यार्थी भाइबहिनीहरुको मनबाट भुकम्पको त्रास नमेटेसम्म र उनीहरु मानसिक रुपमा पुर्ण रुपले तयार नभएसम्म परिषले परीक्षा संचालन गर्दैन,’सदस्य सचिव कोइरालाले नागरिकसँग भने’अहिले परिषदका कर्मचारीहरु देशको दुखेको घाउमा मलम लाउन ब्यस्त छन्।’ उनले थपे’परीक्षा प्राथमिक कुरो होइन। विद्यार्थी भाइबहिनीहरुले परीक्षाको चिन्ता नलिए हुन्छ।’
मन्त्रालयले पहिलो प्राथमिकतामा बालबालिकाहरुलाई मानसिक रुपमा तयारी पारी विद्यालयसम्म ल्याउने हो। यसकोलागि मन्त्रालयले तत्कालिन योजना बनाएको छ।
जसअन्तर्गत पुर्ण रुपमा क्षती भएको विद्यालयहरुको विकल्पको रुपमा अस्थायी टहरा विद्यालय बनाइने, अस्थायी चर्पी,खानेपानीलगाएतका ब्यवस्थापन गरी मात्र बालबालिकालाई विद्यालयसम्म ल्याउने बातावरण जेठ १ गतेदेखि तयारी गर्ने मन्त्रालयको तत्कालीन योजना रहेको लमसालले जनाए।
‘पहिले विद्यार्थीलाई मानसिक रुपमा बलियो बनाउन परामर्शको ब्यवस्था गरिने छ,’प्रवक्ता लमसालले भने’त्यसपछि अस्थायी रुपमा टहरामा विद्यालय संचालनको विकल्प तयार हुन्छ।’ आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया