
काठमाडौं, ८ साउन । देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले देशैभर थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ ।
वर्षा मौसममा धेरै फाइबर सम्बन्धी समस्या आउने र कर्मचारी पानीको कारणले विद्युत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले र बढ्दो ग्राहकलाई सुविधा दिन इटीआर (एस्टिमेटेड टाइम अफ रेस्पोन्स) भित्र काम गर्न कम्पनीले यो धेरै संख्यामा कर्मचारी नियुक्त गरेको हो । अब क्लास्सिक टेकको १०३ आउटलेट संगै रहेका आफ्ना प्रयोगकर्ता हरुको लागि सपोर्टको पहुँच बढाएको छ ।
जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्धत पुर्याउने छ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको भनाइ रहेको छ । यसका साथै क्लासिक टेकले आफ्नो आइपीटीभी पनि अपडेट भर्सन १.१.२ ल्याएको छ ।
१०० भन्दा बढी एचडी च्यानल र १०० एसडी च्यानेलहरुमा पनि नयाँ फिचर ल्याएको छ । जसले गर्दा टिवीमा हेर्दाको अनुभवलाई अझै राम्रो बनाउने छ । बफरिंग फ्रि हरुको समाधान गर्ने कम्पनी ले बताएको छ ।
योसँगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट नियुम्तम मूल्य मा दिने रहेको छ ।















प्रतिक्रिया