२ कार्तिक २०८३, सोमबार

मंकीपक्स संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

संगठनले संसारका ७५ देशमा फैलिएको भन्दै मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो ।

विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट आएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपतकाल लागू छन् ।

डब्लूएचओको समितिमो आतकाल भन्ने कि नभन्ने विषयमा सुरुमा एकमत नभएको तर यो प्रकोप विश्वभर द्रुत गतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरिएको डा. टेड्रोसले बताए ।

मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ । यो भाइस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।