काठमाडौँ, २१ वैशाख । विनाशकारी भूकम्पका कारण अवरुद्ध कोदारी राजमार्ग खुलाउन चीन सरकारले चासो देखाएको छ । राजमार्ग खुलाउन भोलिदेखि नै काम सुरु हुने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले चिनियाँ पक्षले अवरुद्ध कोदारी राजमार्ग खुलाउन सहयोग पु¥याउने प्रतिबद्धता जनाएको बताउनुभयो ।
यसैबीच यहाँस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार सो राजमार्ग खुलाउन ५०० चिनियाँ सशस्त्र प्रहरी परिचालन गरिनेछ । यस्तै, भूकम्पपीडितका लागि सहयोग गर्न १५० वटा सवारी साधन ल्याइएको छ ।
चिनियाँ पक्षले केही थान हेलिकोप्टरसमेत ल्याउन लागेको बताइएको छ । रासस















प्रतिक्रिया