२ कार्तिक २०८३, सोमबार

शव खोज्दा राहत छुट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha-rahat (3)सिन्धुपाल्चोक, २१ वैशाख । सिन्धुपाल्चोक बतासेका ४४ वर्षीय सञ्चबहादुर तामाङ महाभूकम्को एक सातापछि आइतबार सदरमुकाम चौतारामा भेटिए।

गाउँभरिका ३० जनाभन्दा बढी तामाङ समुदायको नेतृत्व गरेर आएका सञ्चबहादुर शनिबारसम्म पनि छिमेकीको भग्नावशेषमा शव खोज्दै थिए।

भूकम्पले भत्किएका घरका भग्नावशेषमा भेटिएकालाई खाल्डो खनेर पुर्ने काम सकेपछि राहतका लागि उनी सदरमुकाम आएका हुन्।

ुहिजोसम्म लास खोज्दै ठिक्क भयो। अब खाने कुरा खोज्न आएको हौुं, जिल्ला प्रशासन कार्यालयतर्फ जाँदै गरेका तामाङले भने।

आफ्नै गाउँ महवीरमा भूकम्पले पुरेका सबैलाई बाहिर निकालेर खाल्डोमा पुरेपछि गाउँमा तत्कालको काम सकिएको उनको निष्कर्ष रहेको अन्नपूर्ण पोष्टले छापेको छ।

सदरमुकाम चौताराबाट करिब पाँच घन्टा टाढाको यो दुर्गम बतासे गाउँमा भूकम्पबाट ८६ जनाको मृत्यु भएको छ।

राहत बोकेर गाउँमा कोही पनि नआएको उनीहरूको गुनासो छ। बाटोमा पर्नेले राख्यो रे भन्ने सुनेको छु, हामीले पाएनौ राहत पाउने आसमा सदरमुकाम आएका स्थानीय रनवीर तामाङले भने।