काठमाडौं, २१ वैशाख । चीनको स्वशासित क्षेत्र तिब्बतले भूकम्पपीडित नेपालीको उद्धारमा स्वतस्फुर्त विशेष सक्रियता देखाएको छ ।
तिब्बत सरकारले घाइतेहरुलाई आफ्नो भूमिमा लगेर उपचारसमेत गरिरहेको कान्तिपुर दैनिकले छापेको छ ।
सगरमाथा बेस क्याम्पमा हिउँपहिरोमा परेका नेपाली शेर्पा र केही विदेशीलाई समेत उद्धार गरी उपचार गरिराखेको तिब्बती अधिकारीहरुले बताएका छन् ।
साखा नजिकबाट सयभन्दा बढीलाई उसले उद्धार गरेको हो ।















प्रतिक्रिया