
काठमाडौं, ६ साउन । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेको छ ।
नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेको हो ।
आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।
एक पटक फुल चार्जमा १०० किलोमिटर रेन्जसम्म ग’ड्न सक्ने कम्पनीले जनाएको छ । अधिक्तम कि मि ,बलियो बनावट साथै आधिकपर्फर्मेन्सदिनसक्ने भएकले सो स्कूटरहरु खरिद गरिएअको नगरपालिकाले बताएको छ ।
भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरु हुन् । किलेस स्टार्ट, रिमोट लक्किङ, रीवर्स गिअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० किमि रेन्ज दिन सक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।
चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुविधा हुने बताए । नगर प्रमुख सिताराम हाछेथुले भने क्वीक रेस्पोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे ।















प्रतिक्रिया