
काठमाडौं, ६ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनको श्रीमती समसा खातुनलाई मृत्यु दावी वापतको १३ लाख रुपैयाँ चेक हस्तान्तरण गरेका छन् ।
साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बुलाई मृत्यु दावी वापत जम्मा रकम १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दावी भुक्तानी वर्ष घोषित गरेको जनाए । त्यसैअनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए ।
साथै, यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।















प्रतिक्रिया