५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंक २५ औं वर्षमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठडौं, ५ साउन । एनआईसी एशिया बैंकले स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउने भएको छ ।

“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ सेवा प्रवाह गरिरहेको बैंकले आर्थिक वर्ष २०७९ ८० को पहिलो चौमासिक वित्तीय प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो अनवरत सफलतामा साथ दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अभार व्यक्त गरेको छ । बैंकले एक सूचनामार्फत अहिले बैंकको आर्थिक अवस्था जहाँ, जस्तो अवस्थामा पुगेकोमा सबैको साथ रहेको उल्लेख गरेको छ ।

साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने बैंकले अठोट लिएको छ ।

बैंकले यस २५ वर्षको यात्रामा आफ्नो शेयरधनी महानुभावहरुको अप्टिमम वेल्थ म्याक्सिमाइजेशन गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनी महानुभावको हालसम्म आइपुग्दा शेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मुल्यमा रु. ९,५२०.९७ बराबर प्रदान गर्न सफल भएको बैंकले जनाएको छ ।

त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

साथै मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले गत आ.व. २०७८/७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले आ.व. २०७८/७९ मा खुद मुनाफातर्फ रू. ४.५३ अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल१९.६५ प्रतिशत रहेको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

साथै, प्रति शेयर आम्दानीतर्फ रू. ३९.१३ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र टाइर १ क्यापिटल एमडीक्वेसी रेसियो (इन्क्लुडिंग क्यापिटल कन्जरभेशन बफर) ८.९३ प्रतिशत पुर्याई पूँजी व्यवस्थापन तर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंकको मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।