५ कार्तिक २०८३, बिहिबार

मुक्तिनाथ विकास बैंक “दबिज अवार्ड २०२२” बाट सम्मानित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । वर्ल्ड कन्फेडेरेशन अफ बिजनेस (वर्ल्डकब) द्वारा आयोजित महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वर्ल्ड “द बिज अवार्ड २०२२” द्वारा मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको छ ।

विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि) मा मुल्याङ्कन गरी संगठनले मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको हो ।

कार्यक्रमका आयोजक विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘बिजनेस एक्सलेन्स सर्टिफिकेट’ द्वारा र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘बिजनेस एक्सलेन्स सर्टिफिकेट’ द्वारा वर्ल्डकबले सम्मानित गरेको हो ।

सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ ।

बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने “ग्लोबल एसएमई अवार्ड २०२१”को एसएमई फाइन्यन्सियर अफ द इयर(एशिया विधामा पनि बैंक सम्मानित भएको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।