
काठमाडौं, ५ साउन । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तेलामा ११ सय ५५ रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।















प्रतिक्रिया