
काठमाडौं, ५ साउन । भारतमा जुलाई १८ मा भएको राष्ट्रपति निर्वाचनको मतगणना हुँदैछ ।
मतगणना आज बिहान ११ बजेबाट हुने बताइएको छ ।
निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आदिवासी सन्थाल महिला द्रौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्पर्धामा छन् ।
मुर्मुको जित निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मतगणनाको नतिजा आज अपरान्ह ४ बजे आउने जनाइएको छ ।
भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजा घोषणा भएपछि बधाई दिने बताइएको छ ।
मुर्मुको गृहनगर ओडिसा स्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउन तयार छन् ।















प्रतिक्रिया