
काठमाडौं, ४ साउन । श्रीलंकामा वुधबार राष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।
देश आर्थिक संकटले चुर्लुम्मै डुबेपछि राजापाक्षले देश छोडेर भागेका थिए ।
हाल अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनी पनि राजापाक्ष परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् ।















प्रतिक्रिया