६ कार्तिक २०८३, शुक्रबार

एक्लै निर्वाचनमा गए माओवादी ८ र नेकपा एस एक सीटमै खुम्चन्छन्ः गृहमन्त्री खाण

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । गृहमन्त्री बालकृष्ण खाणले आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गरे माओवादी केन्द्र र नेकपा एसको अस्तित्व नै मेटिने बताएका छन् ।

सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा गृहमन्त्री खाणले एक्लाएक्लै निर्वाचमा गए माओवादीले ८ र नेकपा एसले एक सिट मात्रै जित्ने दावी गरे ।

ति दलहरुले प्रत्यक्ष निर्वाचनमा नगण्य सिट जित्ने मन्त्री खाणको विश्लेषण छ ।

त्यस्तै, राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि एक एक सिट जित्न सक्ने खाणको भनाइ छ ।

एक्लै निर्वाच लड्दा कांग्रेसले ८० सिट र एमालेले ५७ सिट प्रत्यक्षतर्फ जित्ने खाणको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले गरी १६ सिट जित्ने खाणले उल्लेख गरेका छन् ।