५ कार्तिक २०८३, बिहिबार

कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् ।

बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उनी एनआईसि एसिया बैंक तथा नबिल बैंक सँग आबद्ध भएर पनि काम गरी सकेका छन् ।

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्‍याउ ने बैंकले विश्वास लिएको छ ।