डोटी, २० वैशाख । डोटीमा छोराले आफ्नै सहोदर काकाको हत्या गरेको खुलासा भएको छ । हत्याको आरोपमा डोटीकै डौड गाबिस १ का २८ बर्षिया देवेन्द्र सिंहलाई पक्राउ गरेपछि घटनाको रहस्य बाहिर आएको हो ।
यहि वैशाख तिन गते राति योजना बनाई काका ४५ बर्षिया रामबहादुर सिंहको हत्या गरेको बताईएको छ । मृतकको शवलाई स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा आरोपित सिंहको शौचालयको ट्यांकीवाट निकालिएको थियो ।
घटना यहि बैशाख तिन गते राती भएको थियो । मृतकका छोराले बैशाख १० गते प्रहरी चौकी डौडमा जाहेरी दिए पनि स्थानिय बासिन्दाको ब्यापक दवाव पछि प्रहरीले शनिवार आएर अरोपित सिंहको शौचालको सेफ्टिी ट्यांकी खोली हेर्दा लास फेला परेको थियो ।
मृतकको शवलाई आईतवार जिल्ला अस्पताल डोटीमा पोष्टमार्टमा गरी आफन्तका जिम्मा लगाईएको छ ।















प्रतिक्रिया